२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

लिग २ मा युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

Nabil Bank

काठमाडौ, आसिफ खानको अर्धसतकको मद्दतमा युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे। उनले ९९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्।

भृतिया अरविन्दले १८, कप्तान रिजवानले २२, आरयन लाक्राले २८ रन जोडे। रोहन मुस्तफा ५२ रनमा नटआउट रहे।

युएईलाई सामान्य लक्ष्यमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपुर्ण विकेट हात पारेका हुन्।

यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।