२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

काव्य घर नेपालले गर्यो कृति तथा साहित्यिक भित्ते पात्रो बिमोचन एवं स्रष्टा सम्मान

Untitled
Untitled
Untitled

काठमाडौ, काव्य घर नेपालले कृति तथा साहित्यिक भित्ते पात्रो बिमोचन एवं स्रष्टा सम्मान कार्यक्रम सप्पन्न गर्‍यो ।

काव्यघर नेपाल द्वारा प्रकाशित क्यालेन्डरमा कविता प्रकाशित २०५८ साल देखि निरन्तर प्रकाशनमा रहेकोे साहित्यिक भित्तेपात्रो२०८० एवं कवि रेणुका भट्टराईको धार्मिक ब्यक्तित्व मित्रबहादुर भट्टराई जिवनी कृति बिमोचन सप्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि पुर्वअञ्चलाधीश नन्दप्रसाद पौडेल, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुराई, जिल्ला समन्वय समिति उपसभापति उषा झा, लेखक रेणुका भट्टराई, मित्रबहादुर भट्टराई , काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले सुन्दरहरैचा एक मोरङमा संयुक्त रुपमा लोकार्पण गरेका थिए।

राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रममा कविहरु तिला लेकाली,चित्रा पौडेल लक्ष्मी रायमाझी खड्का बिष्णु भण्डारी,नगरप्रमुख केदारप्रसाद गुरागाई,जिल्ला समन्वय समिति उपसभापति उषा झा लगायतले साहित्यिक भित्ते पात्रोको महत्त्व र धार्मिक ब्याक्तित्व मित्रबहादुर भट्टराई कृतिको चर्चापरिचर्चा बधाई शुभकामना व्यक्त गरेका थिए।

क्यालेन्डरमा भगवानका फोटो र सघसस्थाका तस्वीरहरु राखेर प्रकाशन गर्ने प्रचलन भएपनि यसबाट माथी उठेर लेखक कबिहरुको सिर्जना राख्दै प्रकाशन भएको साहित्यिक भित्ते पात्रोको पहिचान र महत्त्व अलग्गै रहेको अधिकांस बक्ताहरुले राखेका थिए।

साहित्यकारर पत्रकार रेणुका भट्टराईको कृति धार्मिक ब्यक्तित्व मित्रबहादुर भट्टराई जिवनिले भट्टराईको योगदान र महत्त्वलाई स्थापित गराउन सफल रहेको भन्दै लेखकको प्रशंसा गरिएको थियो।

काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत लेखक तिला लेकाली र चित्रा पौडेललाई काव्य घर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो।

त्यस्तै सामाजिक कार्यमा निरन्तर लागिरहनु हुने हरैचाका समाजसेवी मित्रबहादुर भट्टराई र बद्रीकुमारी थापालाई पनि काव्यघर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।

कृतिकार रेणुका भट्टराईले सुरुसुरुमा आट नगरेको र पछि काव्य घर नेपालले सहयोग गर्ने वचन दिएपछि मित्रबहादुर भट्टराईको जिवनी लेखेर सम्पादन गरेको सिर्जनालाई पुस्तककार रूप दिएको बताइन्।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले नेपाली साहित्यमा क्यालेन्डरमा कविता छाप्ने प्रचलन शुरूवात मैले २०५८ साल देखि पाँचथरको रानिगाउँबाट गरेको र पछि नेपालका अन्य क्षेत्रहरुबाट प्रकाशन गर्न थालिए पनि यसलाई निरन्तरता दिन भने अरुले नसकेको र आज सम्म आफुले निरन्तर दिदै आएको दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वअञ्चलाधीश पौडेलले भित्ते पात्रोमा तिथि मितिसँगै साहित्यिक खुराक समेत पाइने भएकोले यसको महत्त्व रहेको बताए ।

बयानब्बे वर्षका मित्रबहादुर भट्टराईको जीवनी लेखेर लेखक रेणुका भट्टराईले अतुलनीय कार्य गरेको भन्दै खुलेर प्रशंसा गरे ।

आफू पनि साहित्य संगीत मन पराउने र कहिलेकाही एक्लै गुनगुनाहट गर्ने गरेको बताए ।

स्वेछा भट्टराईले संचालन गरेको कार्यक्रमको सभापतित्व काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गरेका थिए ।

घनश्याम भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्रष्टाहरूचित्रा पौडेल, तिला लेकाली,बिष्णु भण्डारी ,लक्ष्मी रायमाझी खड्का ,उषा झा घनश्याम ,बद्रीकुमारी थापा लगायतले बधाई शुभकामना मन्तव्य राखेका थिए ।

Untitled
Untitled
Untitled