काठमाडौं, विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै २८५ रन जोड्यो।
नामिबियाका लागि माइकल भान लिंगेनले एक सय ३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन बनाए।
यी दुईले तेस्रो विकेटका लागि एक सय २४ रनको साझेदारी गरेका थिए।
सुरुको २५ ओभरमा २ विकेट गुमाएर ९३ रन मात्र जोडेको नामिबिया त्यसपछि आक्रामक बनेको थियो।
नेपालका करण केसीले ५ र सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।