२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Untitled
Untitled
Untitled

काठमाडौं, सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले भोलि १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि बागमती प्रदेश सरकारले फागुन १ गते विदा दिने निर्णय गरेको थियो ।

राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वि.सं. २०५२ फागुन १ गतेबाट नेपालमा शसस्त्र युद्ध सुरू भएको थियो । २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतासँगै युद्ध समाप्त भएको थियो ।

युद्धको नेतृत्वकर्ता माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

सरकारीस्तरबाटै विदा घोषणा गरिएको भने यो पहिलो पटक हो । यसअघि पुस २७ गते लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।

 

Untitled
Untitled
Untitled