काठमाडौ, गुल्मीका दुइ यूवा मिलेर काठमाडौको कालोपुलमा ओम तन्दूरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
रेष्टुरेण्टको प्रतिनिधिसभाका साँसद चन्दकान्त भण्डारी र गोकर्ण बिष्टले संयुक्त रुपमा उद्घाटन गरे ।
भण्डारीले गमलामा पानी र बिष्टले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेको रेष्टुरेण्टमा नेपालीको अलावा इण्डियन, चाइनिज र कण्टिनेण्टल लयागतका खानाका परकिारको स्वाद लिन सकिने छ ।
उदघाटन गर्दै साँसद भण्डारीले बिदेशी मदिरा भन्दा स्वदेशी कोदोको रक्सी र गुल्मीको कफीको प्रोमोट गर्न सुुझाव दिए ।
साँसद बिष्टले गुल्मेलीले राजधानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएर रोजगारी सृजना गरेकोमा बधाइ दिए ।
उनले बिदेशमा गएर पसिना बगाउनुु भन्दा स्वदेशमा केही गर्नु राम्रो काम भएको बताएका थिए ।
आफ्नै स्वामित्वमा रहेको चेतन इन्दिरा भवनमा सञ्चालनमा आएको रेष्टुरेण्टमा दक्ष सेफहरु रहेको सञ्चालक यज्ञ भण्डरीले बताए ।
उनले ग्राहको चाहना पूरा गर्न कुनै कसर बाँकी नराखिने बताए ।
पारिवारिक बाताबरण रहेकोले फूड पारखीहरुका लागि खानको स्वादका साथै क्वालिटीमा ध्यान दिइएको अर्का सञ्चालक चेतन अर्यालले बताए ।
रेष्टुरेण्टले बेकरी आइटम पनि आफनै उत्पादन गर्ने जनाएको छ । रेष्टुरेण्टमाम बसेर जन्मदिन, एनिर्भसरीलगायतका समारोह गर्न सकिने छ ।
होम डेलिभरीकोसमेत सेवा दिने तयारी गरेको रेष्टुरेण्टमा कफी शप, रुफटफ थकाली खाना, मिटिडं हल, क्याबिन र एटेच बाथ रुमसहितका रुम रहेका छन् ।
समयदेखि होटल क्षेत्रमा काम गर्दै आएको समूहले संचालन गरेको हुनाले गुण्स्तरमा शंका गर्ने ठाँउ नभएको दावी संचालकको छ ।
ओम रेष्टुरेण्टले आगामी दिनमा देशका प्रमुख शहरहरुमा पनि शाखा संचालन गर्ने योजना राखेको छ ।