काठमाडौं, विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । अध्यक्षका दाबेदार मिलन पाण्डे र प्रकाशचन्द्र परियार उपाध्यक्षमा बस्न तयार भएका छन् ।
पार्टीको महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ। काठमाडौंमा हिजो सुरु भएको विवेकशील साझाको पहिलो महाधिवेशनले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो ।
उपाध्यक्ष प्रकाशचन्द्र परियारले ८ जना पदाधिकारी सर्वसम्मत चयन गरिएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा परियार र पाण्डेसँगै विमला अधिकारी पनि चयन भएकी छन् ।
सचिवमा पवित्रा थापा, विमल तामाङ र कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ। ६१ केन्द्रीय सदस्यका लागि भने चुनाव गर्ने तयारी भइरहेको उनले परियारले जानकारी दिए ।