२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अनिर्णीत, आज फेरि बस्ने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अनिर्णीत भएको छ । केही नेताहरु काठमाडौं बाहिर रहेको भन्दै आइतबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आइतबार साढे ११ बजे बस्ने बैठकले ठोस निर्णय गर्ने उक्त पार्टीका नेताहरुले बताएका छन् । गृहमन्त्रालय नपाउने भएपछि स्वतन्त्र पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।

केही केन्द्रीय सदस्य र सांसद काठमाडौं उपत्यका बाहिर रहेकाले आज त्यसबारे निर्णय गर्न नसकेको नेताहरुले बताएका छन् ।

यसअघि उक्त पार्टीले गृहमन्त्रालयबारे निर्णय गर्न शनिबारसम्मको अल्टिमेटम दिएको थियो । त्यो सकिनासाथ केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको हो ।