२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

मधेस प्रदेशमा ६ जना मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ, माओवादीले पठाएन

Untitled
Untitled
Untitled

जनकपुर, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन्।

तीन जना बिनाविभागीय मन्त्रीसहित गत पुस २९ गते शपथ लिएका मुख्यमन्त्री यादवले ३ सातापछि मन्त्रिमण्डल विस्तार गरेका हुन्।

६ जना मन्त्री तथा ३ जना राज्यमन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद विस्तार गरिएको हो। मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुले शुक्रबार साँझ शपथ समेत लिएका हुन्।

सुरिता साहले सामाजिक विकास, महेश यादवले शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य, शत्रुध्नप्रसाद सिंह गृह तथा संचार, मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, सिंगासन सा कलवार खानेपानी तथा उर्जा र राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री पदको शपथ ग्रहण गरेका हुन्।

सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवले शपथ ग्रहण गरेका हुन्।

सत्ता साझेदर दल माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन। मन्त्रालय भागबन्डाको क्रममा एउटा मन्त्रालय मात्रै दिने तयारी गरिएपछि माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन।

Untitled
Untitled
Untitled