२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

साँझसम्म गृह मन्त्रालय नपाए रास्वापाले सरकार छाड्ने

Untitled
Untitled
Untitled

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री दाहालले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले मंगलबार बेलुकीसम्मको डेडलाइन दिएको रविको सचिवालयले जनाएको छ।

‘हाम्रो सभापतिले बेलुकीसम्म निर्णय गर्न प्रधानमन्त्रीलाई भन्नुभएको छ,’ रविनिकट एक नेताले भने, ‘हामीलाई गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्छौं र समर्थन पनि फिर्ता लिन्छौं।’

नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।

लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्।

सोही विषयमा छलफल गर्न मंगलबार बिहान उनी बालुवाटार पुगेका थिए।

माओवादीभित्र गृह मन्त्रालय आफैंले राख्नपर्ने चर्को दबाब बढेको छ। एमाले अध्यक्ष केपी ओलीले भने गृह मन्त्रालयमा पुनः रविलाई नै नियुक्त गर्नपर्ने बताएका थिए।

Untitled
Untitled
Untitled