२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने

Untitled
Untitled
Untitled

रुपन्देही, डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ ।

आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो ।

मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) पुनः सञ्चालनमा आउने विमानस्थल प्रवक्ता सुवास झाले बताएका छन्।

गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो । त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन ।

प्रवक्ता झाले मौसममा सुधार आएसँगै फेब्रुअरीबाट पुनः उडान सुरु गर्ने छलफल भएको बताए ।

उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो ।

यो कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ ।

गत नोभेम्बर ३ तारिखबाट भैरहवाबाट मलेसिया उडान गरेको हिमालय एयरलाइन्सले पनि बन्द छ ।

भारत सरकारले जडान भइसकेको आइएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो ।

जेठ २ मा सुरु भएको यो विमानस्थलमा सबै सुविधा नहुँदा समस्या परेको विमान कम्पनीहरूले जनाएका छन् ।

Untitled
Untitled
Untitled