२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

सरकारमा रहने वा नरहने विषयमा निर्णय लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी

Untitled
Untitled
Untitled
काठमाडौ, पूर्वसभापति रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको छ । रास्वपाले आइतबार साँझसम्म सरकारमा रहनेरनरहने विषयमा निर्णय लिने तयारी गरेको छ । संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेकाले आज बेलुकासम्म सरकारमा रहने वा नरहने विषयमा निर्णय लिने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको फैसला सुनाएको थियो । सर्वोच्चको फैसलासँगै चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपाले लामिछानेलाई नै उम्मेदवार बनाउने तयारीसमेत गरेको छ ।
Untitled
Untitled
Untitled