२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनबारे छलफल हुँदै

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा (माओवादी केन्द्रको दोस्रो दिनको स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार पेस गरे ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ बारे छलफल सुरु भएको छ।

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले उक्त प्रतिवेदन पेस गरेका थिए।

शुक्रबारको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो।

बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ पनि गरेका थिए।

बैठकमा एमालेसँग पुस १० गते भएको सहमतिकै कोर्षमा रहे पनि राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई पनि मिलाएर लानुपर्ने कुरा उठेको थियो।

Untitled
Untitled
Untitled