२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

केही दिनयता घटेको चिसो फेरि बढ्यो, तत्काल पानी भने नपर्ने

Untitled
Untitled
Untitled

काठमाडौं, केही दिनयता घट्दै गएको चिसो फेरि बढेको छ। जसको प्रभावले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भू–भागहरूमा हुस्सु्कुहिरो लागेको छ।

बिहीबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको थियो। त्यसअघि बुधबार उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।

हाल देशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन।

आइतबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

जसको प्रभावले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको मौसम महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Untitled
Untitled
Untitled