२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

कुनै पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्नु ठिक हुँदैन् : माओवादी केन्द्र

Untitled
Untitled
Untitled
काठमाडौं, नेकपा (माओवादी केन्द्र) ले कुनै पनि पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्न ठिक नहुने बताएको छ । बिहीबार दिउँसो बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको सचिव देवेन्द्र पौडेलले बताए । ‘कुनै पार्टीविशेषलाई बाइपास गरेर राष्ट्रपति छान्ने कुरा हुँदैन, त्यो ठिक हुँदैन । यसबारे हामीले छलफल गर्‍यौँ,’ उनले भने । उनले राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने बताए । भारतका १९औं राष्ट्रपति अब्दुल कलामको उदाहरण दिँदै उनले भने, ‘राष्ट्रपति सबैको सहमतिमा बन्नुपर्छ । जसरी भारतमा अब्दुल कलामलाई सबैको सहमतिमा राष्ट्रपति बनाइएको थियो । उसैगरी यहाँ पनि सबैको समर्थनमा साझा राष्ट्रपति बनाउने हो । कुनै पार्टीविशेषलाई बाइपास गर्नु राम्रो हुँदैन ।’ उनले राष्ट्रपति लुछाचुँडी गर्ने पद नभएको स्मरण गराए । ‘राष्ट्रपति सम्मानित पद हो । राष्ट्राध्यक्ष हो । यसैले यसमा अनावश्यक बहस नगरीकन सम्मानित र सबैले स्वीकार्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ,’ उनले भने ।
Untitled
Untitled
Untitled