एजेन्सी, फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ ।
यो घोषणासँगै ट्रम फेसबुक र इन्स्टाग्राममा फर्किन पाउनेछन् । मेटाका अनुसार ट्रमाथिको निलम्बन आगामी साता समाप्त हुनेछ ।
सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि पदासीन राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।