२०८२ साउन ३ शनिवार | Saturday, Jul 19 2025

अनौठो केटी हराएको सूचना

Untitled
Untitled
Untitled

काठमाडौं । आगामी कातिक ३० गते अल नेपाल रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचनाको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा प्रस्तुत गरिएको छ।

यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा प्रस्तुत गरिएको छ।

पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा बजारमा अनौठो परिवेशको नया“ चलचित्रको शीर्षकको समाचार शीर्षक छ। जसमा फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम उल्लेख छ। यो समाचारबाहेक पोस्टरमा देशमा हतियार तस्करी फस्टाउ“दैसहित अन्य शीर्षकका समाचार पनि छन्।

३२ वर्षअघिको सुपरहिट डकु–ड्रामा उजेलीका निर्देशक दीपेन्द्र गौचनद्वारा निर्देशित फिल्ममा दीपेन्द्रकै निर्माण र स्क्रिप्ट लेखन छ।

नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनील कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेष शाहलगायतले अभिनय गरेको फिल्म ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्मित फिल्ममा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द रचना, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व, अकी थेक्पाको कला निर्देशन, अमर महर्जनको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनील राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन सहकार्यकारी निर्माता र अमितेष शाह सहायक निर्माता रहेका छन्।

Untitled
Untitled
Untitled