काठमाण्डू, चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क लगन गाँठोमा कसिएका छन् । उनले स्नेहा दंगालसँग बिहे गरेका हुन् ।
केही समयअघि उनको प्रिज्मा खतिवडासँग प्रेम सम्बन्ध रहेको चर्चा थियो ।
उनीहरु लगातार म्युजिक भिडिओमा काम गर्ने क्रममा प्रेममा थिए । तर, पछि ब्रेकअप भएको थियो ।
अहिले लम्सालले दंगालसँग बिहे गरेका हुन् । दंगाल झापाकी हुन् ।