२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

चर्चित बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात

Untitled
Untitled
Untitled

एजेन्सी, बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ। ४७ वर्षकी उनले इन्स्टाग्राम अकाउन्टमार्फत यसबारे बताएकी छिन्।

४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताएकी छिन्। आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले फेसबुक र इन्स्टाग्राममा लेखेकी छिन्।

यो सँगै उनले थपेकी छिन्, ‘‘केही दिन अघि मेरो हृदयाघात भयो। एन्जियोप्लास्टी पनि गरियो। यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो।’’

पोष्टमार्फत् उनले समयमा नै सहयोग गर्ने धेरैलाई धन्यवाद दिएकी छिन्। ‘‘यो पोस्टमार्फत मेरा प्रियजन र प्रशंसकलाई खुसीको खबर सुनाउन चाहन्छु कि अहिले सबै कुरा ठिक छ,’’ उनले लेखेकी छिन्।

Untitled
Untitled
Untitled