२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ आजबाट प्रदर्शनमा

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली हलमा आज (शुक्रबार) बाट दुई नेपाली चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन् ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । ‘छड्के’ को सिक्वेल ‘छड्के २।०’ ग्याङस्टर श्रेणीको चलचित्र हो ।

प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

Untitled
Untitled
Untitled