२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

रिलिजको पहिलो दिनमै शाहरुखको ‘पठान’ले बनायो रेकर्ड

Untitled
Untitled
Untitled

एजेन्सी, बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले घरेलु मात्र नभएर विश्वभरको ‘बक्स अफिस’मा उच्च कमाइ गरेको छ।

रिलिजको पहिलो दिनमा नै ‘पठान’ले विश्वभरबाट १०० करोडभन्दा बढी कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रिलिज अगाडि नै ५० करोडको अग्रिम बुकिङ भएकोमा फिल्मले घरेलु बक्स अफिसमा ५७ करोड कमाइ गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन्।

पठानले घरेलुसँगै विश्व बक्स अफिसमा पनि उच्च ओपनिङ फिल्मको रेकर्ड बनाएको छ। फिल्मले विश्वभरबाट १०६ करोड भारुको कमाइ गरेको छ।

कोभिड महामारीपछि सबैभन्दा ठूलो रकमको ओपनिङ गर्ने भारतीय फिल्म पनि ‘पठान’ बनेको छ।

बुधबारदेखि प्रदर्शनमा आएको एक्सन थ्रिलर फिल्म ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहमको मूख्य भूमिका छ।

Untitled
Untitled
Untitled