झुठको सम्राट हो ऊ
खै किन बोल्छ
लाग्छ होला उसलाई
सामुन्ने वाला वेकुब छ ।
राखेर नाना थरी
मान्छे वरिपरी
झुठको खेती गर्न
मस्त छ, घरीघरी ।।
विश्वासको पर्खाल ढलि सक्यो
तै पनि बजाइ रहेछ बाँसुरी
सम्झेर उ सबैलाई
बेकुवै छ भनेसरी, बेकुवै छन भनेसरी ।।।
दीपेन्द्र बिष्ट
काठमाडौं