-: शीला थपलिया :-
यदि कोहि छौ सपुत भने
देशको माटो छोएर भन,
मछु तिम्रो लागि
नरोउ आमा, म छु तिम्रो लागि ।
लखन थापाले चलाएको खुँडा
कालु पाण्डेले चलाएको तरवार
वीरभद्र, भक्ति थापाको खुँडा खुकुरी
साँध लगाउने पक्का बेला
यहि हो हे वीरहरु हो
उठ ∕ जाग नेपाल आमालाई बचाऊ ।
नेपाल आमाको चीर हरण गरेर
अट्टहास लिने दुसासनहरुको
अन्त्य गर्न,
यदि कोहि छौ सपुत भने
उठाऊ खुँडा खुकुरी ।
छेपाराहरुले रंग बद्लेर
देशको अस्मिता लुट्न मिल्छ भने
कर्तव्य पालन गर्न तिमीले किन नमिल्ने ?
हे वीर सेना तिमी आफ्नो औकातमा आऊ
तिमीलाई देशको रक्षाको जिम्मा छ
छेपाराले बनाएका नियम तोड्न सक्छौ ।
हेरत ∕ गोहीहरु दारा धसी धसी
आमाका चोक्टा लाम्टा कसरी लुछ्दैछन् ?
के तिमीलाई पीडा बोध हुँदैन ?
यदि कोहि छौ सपुत भने
देशको माटो छोएर भन
म छु तिम्रो लागि
नरोउ आमा, म छु तिम्रो लागि ।
-चावहिल, काठमाडाै