२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

गायक के.सी.को गीति एल्बम बजारमा

नवगायक सुरज के.सी. द्वारा गाइएको “५ बजे” गित युटुब मार्फत रिलिज भएको छ ।

गायक सुरज के.सी नेपाली पप गायन क्षेत्रमा नयाँ कलाकार हुन । स्नातक उत्तिर्ण साँखु घर भएका गायकले “५ बजे”गीत नेपाली युवा माझ पश्चिमी संस्कृति र परम्परा अनुसारको नेपाली पप शैलीमा आफ्नो क्षमता अनुसार गीत पस्किन भ्याएका हुन् ।

उनी एक साधारण एक वित्तिय संस्थामा दोस्रो श्रेणीका कर्मचारी रहेका छन् । उनले समसामयिक समयमा दुई प्रेमीबीचको विनोद अनि अन्तंरग यस गितबाट सामेल गराउन भ्याएका छन् ।

उनी भन्छन्, “ नेपाली सांगितिक कोशेलीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सकियोस त्यसो त सांगितिक क्षेत्रमा अरु गायकको मद्वत पनि लिन सकियोस । आफुमा भएको क्षमता पनि बाड्न सकियोस ।”

“५ बजे आउँछु म अफिसबाट विस्तारै छिर्छु म कोठामा” बोल रहेको उक्त गीत चाँडै नेपाली बजार माझ दर्शकहरु तथा श्रोता हेर्न सुन्न पाउनुहुनेछ । गीत एनिमेटेड भिडियो शैलिमा युटुब मार्फत हेर्न सकिन्छ ।