काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्षधर राष्ट्रहरुको २९औँ सम्मेलन (कोप २९) मा विज्ञ र सान्दर्भिक व्यक्तिलाई छाडी वन तथा वातावरण मन्त्रालयले असान्दर्भिक व्यक्ति र कर्मचारीको जम्बो टोलीलाई अजरबैजानको बाकु लागेको छ ।
जलवायुसम्बन्धी काम गर्ने विभिन्न अन्तराष्टिय संघ संस्थाको स्पोन्सर हुने उक्त भ्रमणमा मन्त्रालयले लेखादेखि स्टोर शाखा सम्मका कर्मचारी मन्त्री र सचिवका चाटुकदार रहेका छन् । कोप–२९ नोभेम्बर ११ देखि २२ तारिख ९ कात्तिक २६ देखि मंसिर ७ गते० सम्म बाकुमा भइरहेको छ ।
सहसचिव सिन्धु ढुंगानासहितको एक टोली बाकु पुगिसकेको छ । बाँकी टोली बाटोमा छ । वन मन्त्रालयले ३० जना कर्मचारी र चाटुकदारलाई बाकु पठाएको छ । ती सबैलाई बाकु पठाउनका लागि सचिव दिपक खराल, सहसचिव बुद्धि पौडेलले विभिन्न विकास साझेदार संस्थाहरुलाई प्रायोजनका लागि दवाव दिएका थिए ।
सचिव र सहसचिवको हालीमुहालीमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी निरीह देखिएका छन् । साथै आफ्ना मान्छे भ्रमणमा समेटिएपछि उनी मौन छन् । जम्बो टोली र फितलो प्रस्तुतिका कारण बाकु सम्मेलनमा नेपालको सहभागितालाई लिएर आलोचना भइरहेको छ ।
मन्त्री ठकुरी र सचिव खरालको मिलेमतोमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटबाट आएका केही नाम समेत त्यसमा परेका छन् । अनावश्यक व्यक्तिलाई जलवायु सम्मेलनमा पठाउनुको कुनै अर्थ छैन । प्रायस् ती सबै घुम्न जान लागेका हुन् । यस्तो बद्मासी हुँदा समेत सरकार मौन छन् ।
स्रोतका अनुसार बाकुमा घुम्न मन्त्री शाहीका छोरा राजेन्द्र शाही र पिए पनि छन् । त्यस्तै वनका कर्मचारीहरु महेश्वर ढकाल, राजु सापकोटा, शिव खनाल,सुमन सुवेदी, नारायण पोखरेल, हिमाल शिवाकोटी, दिपा वली, मेघनाथ काफ्ले, राजेन्द्र ढुंगाना, केशवराज जोशीसहित छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सम्मेलनको उद्घाटन सत्रमा सहभागी भई फर्किसकेका छन् ।