२०८१ चैत १२ मंगलवार | Tuesday, Mar 25 2025

प्रतिबन्धित औषधी नबेच्न चेतावनी

Untitled
Untitled
Untitled

काठमाडौँ । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भएको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न सचेत गराएको छ । विभागले सूचनामार्फत विभागमा दर्ता नभएका तर चिकित्सकको पुुर्जामा सिफारिस भएका मिश्रित फर्मास्युटिकल बनावट भएका औषधी, न्युट्रास्युटिकल्सका नाममा तथा औषधी मिश्रित सौन्दर्य प्रशाधन सामग्री बिक्री भएको गुनासो आएकाले यसलाई तत्काल रोक्न सचेत गराएको हो ।

निरीक्षणका क्रममा प्रतिबन्धित औषधी बिक्री गरिएको भेटिएको भन्दै विभागले यस्ता औषधी बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फार्मेसीलाई चेतावनी दिएको छ ।

यस्ता प्रतिबन्धित औषधी बिक्री वितरण र सिफारिस गरेको पाइएमा चिकित्सकको अनुुमतिपत्र जफत तथा औषधी ऐन–२०३५ बमोजिम कारबाही हुुने विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चेतावनी दिनुुभयो ।

विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत मागदाबीबमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुनविपरीत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने गरी सूचना गर्नुपरेको उहाँको भनाइ छ ।

Untitled
Untitled
Untitled