२०८१ कात्तिक २८ बुधवार | Wednesday, Nov 13 2024

सफल भयो सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया

Untitled
Untitled
Untitled

काठमाडौं, खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते भएका सांसद डा.चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ ।

भण्डारीका स्वकीय सचिव माधव न्यौपानेका अनुसार पहिलो शल्यक्रिया सफल भएको हो । डा. भण्डारीको दुईवटा खुट्टामा गरिुएको शल्यक्रिया सफल भएको छ।

उनका अनुसार दायाँ खुट्टामा बायाँको तुलनामा गहिरो घाउ रहेको छ । दोस्रो शल्यक्रियाबारे छलफल हुँदै गरेको उनले जानकारी दिए ।

न्यौपानेका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

बुधबार काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगो लाग्दा जलेर भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो। सांसद भण्डारीकी ८८ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।

भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार हुँदैछ ।

Untitled
Untitled
Untitled