२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

सेफ्स एशोसियशनले आयजना गर्यो निःशुल्क मुटुको जाँच तथा रक्तदान कार्यक्रम

Untitled
Untitled
Untitled
काठमाडौँ, सेफ्स एशोसियशन अफ नेपालले निःशुल्क मुटुको जाँच तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एशोसियशनले सोनाम ल्होसारको अवसरमा नेपाल हार्ट फाउण्डेशनको सहकार्यमा निःशुल्क मुटुको जाँच तथा प्रसुती रक्त सञ्चार केन्द्र थापाथलीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गररेको हो ।
एशोसियशनका अध्यक्ष श्यामबहादुर लामाले एउटा व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन जोगिन सक्ने भएकाले एशोसियशनले सामाजिक कार्यअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ, उनले भने ।
कार्यक्रममा नेपाल हार्ट फाउण्डेशनका अध्यक्ष सानुबाबु प्रजापति र वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रेमराज बैद्यले मुटुको जाँच गरेका थिए । एशोसियशनले आयोजना गरेको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ५० भन्दा जनाले मुटुको जाँच गराएका थिए ।
एशोसिएसनले सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
Untitled
Untitled
Untitled