२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

प्रत्यक्ष निर्वाचित कार्यकारी विना विकास र समृद्धि असम्भव छ : डा भट्टराई

Untitled
Untitled
Untitled

पाेखरा। नेपाल समाजवादी पार्टीका केन्द्रीय संयोजक डा‍. बाबुराम भट्टराई देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुरी भएको बताउनुभएको छ।

पोखरामा शनिबार नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने विचार राख्नुभयो।

“नयाँ संविधान बनेपछि पनि उही पुरानै दलहरूले उसै गरी पालैपालो शासन गरेको देखियो,” उहाँले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई न देशमा स्थिरता कायम हुन्छ, न आर्थिक प्रगति सम्भव छ।” शासनमा व्यवस्थामा यो परिवर्तनका लागि नयाँ शक्ति जरुरी भएको उहाँको जिकिर छ।

२०७२ असोजमा नयाँ संविधान बनेपछि नेकपा (माओवादी केन्द्र) परित्याग गर्नुभएका डा. भट्टराईले नयाँ शक्ति नामक अभियान चलाउनुभएको थियो। त्यही अभियानलाई रूपान्तर गर्दै नेपाल समाजवादी पार्टी बनेको हो। नेपाल समाजवादी पार्टीमा बारम्बार विभाजन र नेता, कार्यकर्ताको पलायनको कारणबारे सोधिएको प्रश्नमा नयाँ शक्ति निर्माण हुन केही समय लाग्ने उल्लेख गर्नुभयो।

२०७३ सालमा डा. भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको थियो। अहिले नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको हो। समाजवादी पार्टीले पोखरा कात्तिक ५ र ६ गते विधान अधिवेशन गर्दैछ। अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने तयारी छ।

Untitled
Untitled
Untitled