२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, एमालेको पनि साथ

Untitled
Untitled
Untitled

सुर्खेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो।

उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो।

मुख्यमन्त्री शर्मालाई नेपाली कांँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेशसभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रापाकी सन्तोषी शाहीले मत दिएनन्।

Untitled
Untitled
Untitled