२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

Untitled
Untitled
Untitled

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

यसअघि नेकपा एमालेको समेत मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक भने एमालेको मत पाउनेरनपाउने टुंगो छैन । संघीय सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि प्रदेशमा के होला भनेर चासो बढेको छ ।

१ सय १० सदस्यीय प्रदेशसभामा यसअघि जम्कट्टेलले नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १ सय ५ जना सांसदको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

Untitled
Untitled
Untitled