२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने

Untitled
Untitled
Untitled

सुर्खेत, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै पुस्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने बताएका छन् ।

नयाँ सरकार गठनको विषयमा पनि त्यसपछि नै छलफल चल्ने उनले बताए । शनिवार सुर्खेतको गुर्भाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने र त्यसपछि प्रचण्ड नेतृत्वकै सरकारका कांग्रेस सहभागी हुने बताए ।,

साथै उनले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन् ।

उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने बताए ।

‘प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरु कर्णालीका जिल्लाहरुमा भएका चुनावी अभियानका क्रममा आफले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिए,’ उनले भने,‘ प्रधानमन्त्री दाहालले त्यो कुरामा समर्थन जनाउनुभएको थियो ।

चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’

संघीय सांसदसमेत रहेका खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आह्वान गरिएको बताए ।

उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको र भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरु आम जनतामाझ पुर्याउनुपर्ने बताए ।

Untitled
Untitled
Untitled