२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन लियो फिर्ता

Nabil Bank

सुर्खेत, केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै कर्णाली प्रदेशमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

राप्रपाले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन्।

प्रदेशसभा सदस्य सन्तोषीले प्रदेश प्रमुख तिलक परियारसामु प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएकी हुन्।