खोटाङ, प्रदेश १ को नाम ‘कोशी प्रदेश’ नामाकरणको विरोधमा खोटाङमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले मुख्यमन्त्री हिकमत कार्की लगायतको पुत्ला जलाएका छन् ।
बुधबार साँझ प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि मुख्यमन्त्री हिकमत कार्की, कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको पुत्ला जलाएका हुन् ।
उनिहरुले ‘कोशी प्रदेश खारेज गर’, ‘किरात प्रदेश जिन्दावाद’ लगायतका नारा समेत लगाएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा खोटाङको अगुवाइमा सो प्रदर्शन भएको हो ।