सुर्खेत, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् ।
गृहनगर सुर्खेत आएका उपसभापति खड्काले सोही सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खड्काले जानकारी दिए ।
यसअघि माओवादीका अध्यक्ष दाहालले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा थियो ।
तर, देउवाका विश्वासपात्र खड्काले उक्त कुरा बताएपछि नेपाली राजनीति तरंगित भएको छ ।
उपसभापति खड्काले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले दाहाल सरकारमा पनि सामेल नहुने जानकारी दिए ।