विराटनगर, प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ ।
एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताब ध्वनी मतले पारित भएको हो ।
समाजवादीका सम्सदिय दलका नेता राजेन्द्र राईले राखेको प्रस्ताबमा राजेन्द्र राईले धारणा राखेपछी सभामुख बाबुराम गौतमले प्रस्ताब पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।
कोसीको प्रस्ताबमा ध्वनी मत आएपछी किराँत लिम्बुवान सगरमाथा प्रदेसको नामको प्रस्ताब प्रदेससभाले अस्विकृत गरेको छ ।