२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

लुम्बिनीमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

दाङ ,लुम्बिनी प्रदेशमा आज प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सभाको आज दिउँसो १ बजे बस्न लागेको छैठौं बैठकमार्फत साना दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् । यसैगरी, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरूप आठ दलहरूबीच बैठक बस्न लागेको हो ।