२०८१ कात्तिक २८ बुधवार | Wednesday, Nov 13 2024

अरुण चौधरी रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

Untitled
Untitled
Untitled

कैलाली, कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित अरुण चौधरी रिहा हुँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।

सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुण चौधरीको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले जानकारी दिए ।

चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

दुबै रिटमा अन्तरिम आदेश भएन । त्यसपछि प्रजातन्त्र दिवसको अवसरमा उनलाई छुटाउने तयारी गरिएको हो ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको र कैद भुक्तान नगरेको भन्दै पक्राउ परेका वीरबहादुर चौधरीलाई सजाय मिनाको तयारी गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि केहीलाई माफी दिने फायल पेस भएको बताए ।

Untitled
Untitled
Untitled