दाङ, राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार)दाङ जाने भएकी छन्।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी दाङ जान लागेकी हुन्।
तर, राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्न लागेको भवन अहिले नभइ २०७४ सालमै निर्माण सम्पन्न भएको हो ।
२४ करोड ७२ लाख ३८ हजार ४६६ रुपैयाँको लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो। निर्माण कम्पनीले २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो।
उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो।