२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए शपथ, एकीकृत समाजवादी पनि सरकारमा सामेल

Untitled
Untitled
Untitled

धनगढी, सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सबैभन्दा ठुलो दलको नेताको हैसियतमा उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिए । उनले तीन सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।

प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसबाट एक(एकजना मन्त्री बनेका छन् ।

एकीकृत समाजवादीका नरेश शाही आर्थिक मामिला र कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

दुवै मन्त्रीले पनि शपथ लिएका छन् । गत आम चुनाव पछि प्रदेशमा कांग्रेसले पहिलो पटक सरकार बनाएको हो ।

यस्तै एकीकृत समाजवादी पनि पहिलो पटक सरकारमा सामेल भएको हो । दुवै दलले विभिन्न सरकारलाई समर्थन दिए पनि सहभागिता जनाएका थिएनन् ।

 

Untitled
Untitled
Untitled