२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

अरुण चौधरी रिहा नभए सुदूरपश्चिम सरकार ढाल्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

Untitled
Untitled
Untitled

कैलाली, नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा शुक्रबार कैलालीमा प्रदर्शन गरेको छ। कैलालीको प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत पर्ने लम्कीमा विरोध प्रदर्शन गरेको हो।

नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको थियो।

उनलाई शुक्रबार जिल्ला अदालत कैलालीमा उपस्थित गराएर कैदी पुर्जी धमाउँदै कारागार चलान गरिएको छ।

विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर सांसद चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको थियो।

तर, उनले कैद सजाय भुक्तान गरेका थिएनन्। नागरिक उन्मुक्ति पार्टीले सुनियोजित ढंगले आफ्ना सांसदलाई फसाइएको आरोप लगाएको छ।

सांसद चौधरीलाई गिरफ्तार गरेर कारागार चलान गरेको विरोधमा नागरिक उन्मुक्तिले राँके जुलुस पनि निकालेको थियो।

लम्कीको विरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्तिका प्रवक्ता समेत रहेका दामोदर पण्डितले सरकार र तात्कालीन आन्दोनकारी थरुहट थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सुनियोजित ढंगले सांसद चौधरीलाई पक्राउ गरिएको आरोप लगाए।

‘सरकार र तात्कालीन आन्दोलनकारी पक्षबीच भएको समझदारी विपरित माननीयज्यूलाई नियन्त्रणमा लिएर कारागार चलान गरिएको छ, यो जनमतमाथिको प्रहार हो,’ उनले भने, ‘निःशर्त रिहा गरियोस्, नभए आन्दोलन चर्किन्छ।’

नागरिक उन्मुक्तिका नेता सुरेन्द्र चौधरीले २२ गतेसम्म सांसद चौधरी रिहा नभए गठबन्धनबाट उन्मुक्ति बाहिरिने चेतावनी दिएका छन्।

‘२२ गतेभित्रमा उहाँलाई निःशर्त हिरासतमुक्त गरियोस्, त्यसो भएन भने २३ गते हामी सुदूरपश्चिमको सरकार ढाल्छौंँ, हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं,’ उनले भने, ‘सम्पूर्ण प्रदेशमा जहाँ जहाँ हाम्रो समर्थन छ, हामी समर्थन फिर्ता लिन्छौँ।’

सर्वसत्तावादी चिन्तन बोकेका शासकले सुनियोजित तरिकाले बिनासूचना सांसद चौधरीलाई नियन्त्रणमा लिएको उनले आरोप लगाए।

७ सांसदसहित सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभामा निर्णायक छ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन सकेका छैनन्। २७ गते मुख्ममन्त्री नियुक्त भएका रावलले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ।

Untitled
Untitled
Untitled