२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत तोडेर ६ जना थुनुवा फरार

Untitled
Untitled
Untitled

जनकपुरधाम, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गएराति हिरासत फोडेर ६ जना थुनुवाहरू फरार भएका हुन् ।

हिरासतमा ७ जना थिए । जस मध्ये एकजना बाहेक सबै फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पुष्टि गरे ।

फरार हुनेहरूमा रोशन महतो र शंकर महतो हातहतियार मुद्दाका, हरिबिन्द सिंह लागू ओैषध तथा बिनोद शर्मा, अमित मण्डल र रोशन यादव शान्ति सुरक्षा र अभद्र व्यवहार मुद्दाका आरोपीहरू हुन्।

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

Untitled
Untitled
Untitled