पोखरा, पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन्। ४३ वर्षका पुरुषले आफैँले आगो लगाएर आत्महत्या गर्न खोज्दा बचाउन खोज्ने एक महिला पनि घाइते भएकी छिन्।
प्रहरीले दुवैको नाम गोप्य राखेको छ। घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।