२०८१ चैत १२ मंगलवार | Tuesday, Mar 25 2025

हेटौँडामा विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी

Untitled
Untitled
Untitled

हेटौँडा, हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा गए राति आगलागीहुँदा करौडौंको सामान जलेर नष्ट भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो।

गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो।

गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएको प्राधिकरणले जनाएको हो। घटनाबारे अनुसन्धान भइरहेको छ।

Untitled
Untitled
Untitled