२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

दार्चुलाको दुहुँ ५ मा कांग्रेसका उम्मेदवार विजयी

Untitled
Untitled
Untitled

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार मानसिंह बडालले ३५८ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ ।

१२७२ मतदाता रहेको दुहुँ ५ मा ८७७ मत खसेको थियो । दुहुँ ५ मा तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Untitled
Untitled
Untitled