२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

सर्केगाड उपनिर्वाचन: ६६.४३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन

Untitled
Untitled
Untitled

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ६६ दशमलव ४३  प्रतिशत मत खसेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष २ हजार ३ सय २९ र महिला २ हजार १ सय ९५ गरी कुल ४ हजार ५ सय २४ जना मतदानमा सहभागी भएका छन्।

उपाध्यक्ष पदका लागि मतदान १३ वटा  केन्द्रमा जम्मा ६ हजार ८ सय १० मतदाता संख्या भए पछि यो निर्वाचनमा २ हजार २ सय ८६ मतादाता  कम रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए।

सर्केगाडका गाउँपालिकामा राहदेव ३७२, रोडिकोट ६५१, फुच्चा २०४, सर्केगाड ५३७, कलास१४२, लिप्ने ५१५, उनपानी ४४८, तुम्चा १७२, बराई ३५२, गोठीमा २८४, जैर ५९७ र छयाकीमा २५० मतादाताले मतदान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको  निधन भएपछि भएको उपनिर्वाचनमा सत्तारुढ दलहरु एमाले–कांग्रेस र माओवादी केन्द्र अलगअलग प्रतिष्पर्धामा उत्रिएका छन्।  स्वतन्त्रसहित ६ राजनीतिक दल चुनावी मैदानमा होमिएका छन्।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको े मुख्य निर्वाचन अधिकृत  शम्भु प्रसाद बराले बताए ।

मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने  मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

Untitled
Untitled
Untitled