काठमाडौ, भिटोफ नेपाल र रुवी भ्याली गाउँपालिकाको आयोजनामा धादिङ, रुवी भ्याली गाउँपालिका ४ चालिस गाउँमा ‘गन्तव्य रुवी भ्यालीः अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
प्रमुुख अतिथि नेपाल पर्यटन र्बोडका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पानसमा बत्तिबालेर उघाट्न गरेको भिटोफको नेतृत्वमा दुई दिनको भ्रमणका लागि निस्किएको टोलीमा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन विज्ञ र पत्रकार सहभागी थिए ।
कार्यक्रममा शुुभकाना दिंदै उपाध्यक्ष रिजालले अध्ययन अबलोकन भ्रमणले रुवी भ्यालीको कला सांस्कृतिलाई नजिकबाट नियाल्न पाएको बताए ।
उनले आगमी दिनमा बोर्डको तर्फबाट गर्ने सहयोगमाकुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले पर्यटन विकासमा लागि भिटोफ नेपालसंँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताए ।
उनले रुवी भ्यालीको पर्यटन उत्थानका लागि खानपान, बसाइ लगायतका कुराहरूलाई सुधार गर्न आवश्यक रहेको बताए ।
भिटोफका प्रमुख सल्लाहकार एवं पर्यटन विज्ञ प्रेम लामिछाने शर्माले रुबी भ्यालीमा बसोबास गर्ने तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैली आर्कषणको केन्द्र भएको बताए । उनले संस्कृतिको जर्गेना गर्न बोर्डले सधैं सहयोग गर्ने स्पस्ट पारे ।
गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले रुवी भ्याली गाउँपालिकामा बासिन्दा पर्यटन प्रर्वधनका लागि सधैं तयार रहेको बताए ।
अध्यक्षले धार्मिक, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने, पर्यटन प्रवर्द्धनका लागि बजेट छुट्याउने र ऐतिहासिक सेताचेटमा तारबार लगाउने, तातोपानी महोत्सवको आयोजना गर्ने लगायत विभिन्न कार्यक्रमहरू गर्ने योजना रहेको सुनाए ।
कार्यक्रममा स्थानीय पर्यटन ब्यासायी तथा टानका निवर्तमान उपाध्यक्ष तेज गुरुङले रुवी भ्यालीको पर्यटन प्रवर्द्धन तथा आर्थिक उन्नतिका लागि गर्न सबै लागि पर्नु पर्नेमा जोड दिएका थिए ।
पर्यटन ब्यावसायी महिला संजालकी अध्क्षय निर्मला धमलाले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउन सकेमा राजगारी बढने बिश्वास गरिन ।
टान कार्यसमीत सदस्य राजु अर्यालले टानको तर्फबाट गाउँपालिकाको पर्यटन विकासका लागि सधैं सहयोगी बन्ने स्पस्ट पारेका थिए ।
वडा नं ३ र ६ वडाध्यक्षले रुवी भ्याली गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पर्यटन प्रवर्द्धनका लागि सबै निकायसित समन्वय गरेर अघि बढनुपर्नेमा जोड दिए ।
उनीहरुले जनप्रतिनिधिसहित स्थानीय बासिन्दाको सहयोग महत्वपूर्ण भएको बताए । उनीहरुले कुहिने र नकुहिने फोहोर विसर्जन उचित ढंगले गर्न पालिकाले जनचेतनाका कार्यक्रम चलाउने बताए ।
अतिथिहरुको स्वागतका लागि स्थानीय गुरुङसमूदायले घाटुु र झाक्री देखाएर भरपुर मनेरञ्जन दिलाएका थिए ।
भिटोफले सरकारलाई गरेको सिफारिसका आधारमा ०७६ साल मै चालीसगाउँलाई नयाँ पर्यटन गन्तब्य घोषणा गरिसकेको छ ।
यो घोषणा पछि भिटोफको टोलि पहिलो पटक रुवीभ्याली ४ स्थित चालीसगाउँमा थप पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकनका लागि काठमाडौंबाट माघ १८ गते त्यस तर्फ गएको थियो ।
करिब १ सय ६० घरधुरीको बसोबास रहेको चालीसगाउँमा तामाङ, गुरुङ र घले समुदायको बाहुल्यता रहेको छ ।
विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ ।
विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ । तर, गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोले नै यस पालिकाको नाम रुवीभ्याली गाउँपालिका नामकरण गरिएको हो ।
भू(आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ ।
पाविल र गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य, हिमालय पर्बतबाट उत्पति गाउपालिकाकोबीच भाग र जिल्लाको पनि लगभगबीच भागमा अविरल बग्ने आंखुको सौन्दर्यता कम मनमोहक छैन ।
प्राकृतिक सम्पदाको रुपमा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार र सांस्कृतिक विविधता एवं सामाजिक संयोजनको संगमस्थलको रुपमा पनि यो स्थान परिचित छ ।
साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस मिलाएर रुवीभ्याली गाउँपालिका बनाइएको छ ।
भ्याली १,५३० मिटरदेखि ४,३४० मिटर उचाइमा फैलिएकाके छ । पाङशाङ भन्ज्याङ (३,८५० मि) भएर तिप्लिङ गाउँ हुँदै चालीस गाउँ, बोराङ, र्झालाङ र डुनडुरेसम्म रुबी भ्याली सर्किट पदयात्रा गरिन्छ ।
पाङशाङबाट गणेश, लाङटाङ, मनास्लु र अन्नपूर्ण हिमशृङ्खलाको मीठो दृश्य देखिन्छ । सोमदाङबाट जस्ता खानी हुँदै डेढ दिनमा पाल्दोर पिक (५,९०३ मि) को बेस क्याम्पमा पुगिन्छ ।
त्यस्तै हिन्दुङ गाउँबाट ठाडो ओडार, दोब्रेडाँडा हुँदै दुई दिनमा गणेश हिमाल (७,४२२ मि.) को बेस क्याम्प (४,५५० मि) मा पुगिन्छ ।
रुवीभ्यालीमा तामाङ, गुरुङ, घले र दलित समुदायको बसोबास छ । असला माछाका लागि प्रख्यात आँखु खोला छ जहाँ फिसिङ गर्न सकिन्छ ।
पर्यटकीय गन्तब्य रुबी भ्याली प’न काठमाडौं–त्रिशूली–स्याफ्रुबेसी १३२ कि.मि को दूरीमा रहेको छ । जीपमा ६ घण्टा लाग्छ । स्याफ्रुबेसी–गटलाङ–सोमदाङ ५० कि.मि छ । जीपमा ४ घण्टा लाग्न सक्छ ।