२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

Untitled
Untitled
Untitled

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो।

उनीहरुविरुद्ध २ अर्ब ४१ करोड बिगो दाबी गरेको छ। उक्त सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्की प्रहरीको हिरासतमा छन भने केही फरार छन्।

Untitled
Untitled
Untitled