२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

पोखरामा रवि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

Untitled
Untitled
Untitled

काठमाडौ । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ।

मंगलबार पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको हो। त्यसक्रममा प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धाका लागि दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर उनको रिहाईको माग गर्दै सरकारमाथि दबाब बढाइरहेका हुन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा समर्थनले लामिछाने पक्राउको भोलिपल्टैदेखि पोखरा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन गर्दै आएका छन् ।

Untitled
Untitled
Untitled