२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

आज साँझसम्म मन्त्रिपरिषद् विस्तारको तयारी, मन्त्रीको नाम चयन गर्न दलका बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौ, आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तारको तयारी रहेको भन्दै दिउँसोसम्म मन्त्रि बन्नेहरुको नाम पठाउने दलहरुको तयारी छ। मन्त्रि छान्नकै लागि केहि दलले आन्तरिक बैठक बोलाएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए। सबै दललाई भागबन्डा गरिएको छ।

सहमति अनुसार कांँग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २ दिइने छ। जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन।

Untitled
Untitled
Untitled