२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

लुम्बिनीमा एमाले सरकार अफ्ठेरोमा, समर्थन फिर्ता लिने माओवादीको तयारी

Untitled
Untitled
Untitled

दाङ, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ । मूख्य साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकार अफ्ठेरोमा परेको हो ।

एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

गएको पुस २८ गते माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन थियो ।

तर, नागरिक उन्मुक्ती पार्टी, लोसपा लगायतकाले समर्थन फिर्ताको घोषणा गरिसकेका छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा एमालेबाहेक अरु दलले पनि सरकार बनाउन बहुमत जुट्ने अवस्था छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सम्मिलित गठबन्धनबाट नयाँ सरकार गठन गर्ने तयारी भइरहेको हो ।

 

Untitled
Untitled
Untitled